आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

काँग्रेसको बाँकी १६ जिल्ला अधिवेशन राष्ट्रिय सभा निर्वाचनपछि हुने


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/2840
    पुष २१, २०७८ बुधबार
    काँग्रेसको बाँकी १६ जिल्ला अधिवेशन राष्ट्रिय सभा निर्वाचनपछि हुने

    काठमाडौं । नेपाली काँग्रेसले बाँकी १६ जिल्लामा अधिवेशन गर्ने मिति फेरि सारेको छ ।

    यसअघि यही पुस २७ गते ती १६ जिल्लामा  जिल्ला अधिवेशन गर्ने भनिएको थियो । तर आज बुधबार बिहान बसेको काँग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठकले यसको मिति माघ १५ गतेलाई सार्ने निर्णय गरेको हो ।

    निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनपछि मात्रै जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको हो ।

    राष्ट्रिय सभा सदस्य निर्वाचन माघ १६ गते हुँदै छ ।  


    १४औं राष्ट्रिय महाधिवेशन गरिसकेको कांग्रेसले कैलाली, अछाम, बाँके, चितवन, नवलपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोकमा जिल्ला अधिवेशन गर्न बाँकी छ ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij