मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

एमालेको ४१ जिल्लामा नयाँ नेतृत्व चयन (सूचीसहित)


  • 1.9K
    SHARES
  • https://indrenipost.com/posts/2945
    पुष २६, २०७८ सोमबार
    एमालेको ४१ जिल्लामा नयाँ नेतृत्व चयन (सूचीसहित)

    काठमाडौं । नेकपा (एमाले)ले दुई विशेष कमिटीसहित ४१ जिल्लाको नेतृत्व चयन गरेको छ। शुक्रबारबाट ६३ जिल्लामा सुरु भएको एमाले अधिवेशनले मजदूर र पेशागत विशेष कमिटी सहित ४१ जिल्लामा नेतृत्व चयन गरेको हो । 

    अहिलेसम्म प्रदेश १ का ९, प्रदेश २ को १, बागमती प्रदेशका १० जिल्लामा नेतृत्व चयन भइसकेका छन् । त्यस्तै गण्डकी प्रदेशमा ५, लुम्बिनी प्रदेशमा ९, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशका २ जिल्लामा नेतृत्व चयन भएको एमालेले जनाएको छ । 

    गत शुक्रबारबाट सुरु भएको जिल्ला अधिवेशनमा बाँकीका केही जिल्लामा सहमतिको प्रयास जारी छ भने केहीमा चुनावी प्रक्रियाबाट नेतृत्व चुनिँदै छन् । 

    कुन प्रदेशमा को विजयी 

    प्रदेश १

    १. झापा : दीपक कार्की

    २. मोरङ : ऋषिकेश पोखरेल

    ३. खोटाङ : रामप्रसाद दंगाल

    ४. धनकुटा : इन्द्रमणि पराजुली

    ५. तेह्रथुम : तेजमान कन्दङवा

    ६. पाँचथर : राजकुमार भण्डारी

    ७. भोजपुर : शरणकुमार राई

    ८. इलाम : महेश बस्नेत

    ९. सोलुखुम्बु : डुफकुमार बास्तोला

    प्रदेश २

    १. सप्तरी : ताराकान्त चौधरी

    बागमती

    १. धादिङ : भूमी त्रिपाठी

    २. काभ्रेपलाञ्चोक : अशोक ब्यान्जु

    ३. भक्तपुर : बचन देउजा

    ४. रसुवा : कर्णेल तामाङ

    ५. रामेछाप : आनन्दकुमार श्रेष्ठ

    ६. नुवाकोट : बद्री मैनाली

    ७. मकवानपुर – एकलाल श्रेष्ठ

    ८. काठमाडौं : दीपक निरौला

    ९. ललितपुर : पुरुषोतम आचार्य

    १०. सिन्धुली : कुमारबहादुर कार्की

    गण्डकी

    १. गोरखा : प्रेम गुरुङ

    २. तनहुँ : श्रीप्रसाद श्रेष्ठ

    ३. म्याग्दी : देवेन्द्र बहादुर केसी

    ४. लमजुङ : कृष्णप्रसाद अधिकारी

    ५. बागलुङ : हिराबहादुर केसी

    लुम्बिनी

    १. पाल्पा : धनेन्द्रराज घिमिरे

    २. गुल्मी : बालकृष्ण काउछा मगर

    ३. अर्घाखाची : पिताम्बर भुसाल

    ४. बाँके : किस्मत कुमार कक्षपती

    ५. बर्दिया : लालबहादुर श्रेष्ठ

    ६. दाङ : हुकुमबहादुर बस्नेत

    ७. रुपन्देही : तेजेन्द्र केसी

    ८. कपिलवस्तु : डम्मर शर्मा

    ९. नवलपरासी : दीपेन्द्र अधिकारी

    कर्णाली

    १. डोल्पा : शेरबहादुर बुढा

    २. सल्यान : गोविन्द पुन मगर

    ३. जुम्ला : शान्तिलाल महत

    सुदूरपश्चिम

    १. डडेल्धुरा : प्रकाश साउद

    २. बैतडी : सुरेन्द्र पाल

    गैरभौगोलिक जिल्ला

    १. मजदूर विशेष : जितेन्द्र श्रेष्ठ

    २. पेशागत विशेष : उमेश ढकाल

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij