मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

५२ जिल्लामा एमालेको नयाँ नेतृत्व चयन (सूचीसहित)


  • 3.0K
    SHARES
  • https://indrenipost.com/posts/2963
    पुष २७, २०७८ मंगलबार
    ५२ जिल्लामा एमालेको नयाँ नेतृत्व चयन (सूचीसहित)

    काठमाडौं । एमाले जिल्ला अधिवेशनको नतिजा आउने क्रम जारी रहेको छ । पुस २३ गते उद्घाटन भएको जिल्ला अधिवेशन अन्तर्गत विभिन्न जिल्लामा नेतृत्व चयन भइरहेको छ ।

    अधिकाशं स्थानमा अहिलेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ भने कतिपय स्थानमा प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन भएको छ। सोमबार पनि कतिपय जिल्लाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रतिस्पर्धा भइरहेको छ ।

    देशका ६३ जिल्लामा शुक्रबारबाट सुरु भएको अधिवेशनमध्ये अहिलेसम्म परिणाम आएका अधिकांश जिल्लामा सहमतिमा नै नेतृत्व चयन भएको छ । मंगलबार बिहानसम्म ५० जिल्ला र दुई गैरभौगोलिक तर्फको नेतृत्व टुंगिएको हो ।

    नेकपा एमालेका अनुसार अध्यक्ष चयनका भएका कतिपय जिल्लामा अन्य पदमा चुनावी प्रतिस्पर्धासमेत भइरहेको छ । स्वस्थ्य प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन गर्न भनेपनि कतिपय ठाउँमा प्यानल नै बनाएर निर्वाचन भइरहेको छ । 

    यी हुन अहिलेसम्म निर्वाचित अध्यक्षहरुः

    प्रदेश १
    १. झापा – दीपक कार्की
    २. मोरङ – ऋषिकेश पोखरेल
    ३. खोटाङ – रामप्रसाद दंगाल
    ४. धनकुटा – इन्द्रमणि पराजुली
    ५. तेह्रथुम – तेजमान कन्दङवा
    ६. पाँचथर – राजकुमार भण्डारी
    ७. भोजपुर –शरण राई
    ८. इलाम– महेश बस्नेत
    ९. सोलुखुम्बु– डुफकुमार बास्तोला
    १०. उदयपुर– प्रमेश्वर घिमिरे
    ११. ओखलढुंगा–शंकर कटुवाल
    १२.‍ ताप्लेजुङ– भुपेन्द्र थेबे 

    प्रदेश २
    १. सप्तरी – ताराकान्त चौधरी
    २. सिरहा- बिन्देश्वर मण्डल

    बागमती
    १. धादिङ – भूमि त्रिपाठी
    २. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जू
    ३. भक्तपुर – बचन देउजा
    ४. रसुवा – कर्णेल तामाङ
    ५. रामेछाप – आनन्दकुमार श्रेष्ठ
    ६. नुवाकोट – बद्री मैनाली
    ७. मकवानपुर – एकलाल श्रेष्ठ
    ८. काठमाडौं – दीपक निरौला
    ९. ललितपुर – पुरुषोतम आचार्य
    १०. सिन्धुली– कुमारबहादुर कार्की
    ११. दोलखाः नरबहादुर श्रेष्ठ

    गण्डकी
    १. गोरखा – प्रेम गुरुङ
    २. तनहुँ – श्रीप्रसाद श्रेष्ठ
    ३. म्याग्दी – देवेन्द्र केसी
    ४. लमजुङ – कृष्णप्रसाद अधिकारी
    ५. बागलुङ– हिराबहादुर केसी
    ६. पर्वत–राजु पौडेल
    ७. नवलपुर–मुक्ती पाण्डे

    लुम्बिनी
    १. पाल्पा – धनेन्द्रराज घिमिरे
    २. गुल्मी – बालकृष्ण काउछा मगर
    ३. अर्घाखाँची – पिताम्बर भुसाल
    ४. बाँके – किस्मत कुमार कक्षपती
    ५. बर्दिया – लालबहादुर श्रेष्ठ
    ६. दाङ – हुकुमबहादुर बस्नेत
    ७. रुपन्देही – तेजेन्द्र केसी
    ८. कपिलवस्तु – डम्मर शर्मा 
    ९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी 
    १०. प्युठान–बिजयविराज विष्ट

    कर्णाली
    १. डोल्पा – शेरबहादुर बुढा
    २. सल्यान – गोविन्द पुन मगर
    ३. जुम्ला – शान्तिलाल महत
    ४. रुकुम– नन्दराम देवकोटा

    सुदूरपश्चिम
    १. डडेल्धुरा – प्रकाश साउद
    २. बैतडी– सुरेन्द्र पाल
    ३. डोटी–चक्र मल्ल
    ४. कैलाली– रतन थापा

    गैरभौगोलिक

    १. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ
    २. पेशागत विशेष – उमेश ढकाल

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij