बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

पछिल्लो २४ घण्टामा थप १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/3054
    माघ ४, २०७८ मंगलबार
    पछिल्लो २४ घण्टामा थप १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

    काठमाडौं । नेपालमा मंगलबार एकै दिन १० हजार बढी कोरोना संक्रमित थपिएका छन् ।

    गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट २२ हजार ८२८ जनाको नमूना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार ८७२ नमूनाको पीसीआर र ४ हजार ९५६ नमूनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

    पीसीआर परीक्षणबाट ८ हजार ७३० र एन्टिजेन परीक्षणबाट १ हजार ५२८ जनामा संक्रमण पुष्टि भएको हो । 

    मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरमा गरी १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६२४ पुगेको मन्त्रालयले जानकारी दिएको छ । 

    यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरी ५६२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । 

    मन्त्रालयका अनुसार हाल देशभर ३९ हजार ४४ जना सक्रिय संक्रमित छन् । 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij