उत्तर–आधुनिकतावाद (Postmodernism) – सामान्यतया संस्कृतिमा उत्तर–आधुनिकतावाद सतही शैली, आत्मसचेत उद्धरण तथा व्यंग्यको स्वीकृति र वक्रोक्ति, परिवर्तनशील देखावटी आकर्षणको प्रशंसासँग जोडिएको छ । यो सामान्यतया प्रगतिमा सरल तथा गम्भीर विश्वासको विरुद्ध र वस्तुगत वा वैज्ञानिक सत्यमा विश्वासको विरुद्ध प्रतिक्रियाको रुपमा देखिन्छ । त्यसकारण दर्शनमा यसले आधुनिकताका वृहत संरचनाहरुको अविश्वासलाई संकेत गर्दछ ।
पश्चिमी समाजका वृहत आकारका व्याख्याहरु र प्रगतिमा यसको विश्वास, जुन कांट, हेगेल वा माक्र्समा देखिन्छन्, वा जुन पूर्णताका काल्पनिक विचारहरुबाट उत्पन्न हुन्छन्, जुन विकास, सामाजिक सुधार, शिक्षा वा विज्ञानको उपयोगबाट प्राप्त गर्न सकिन्छ । यसले आफ्ना उत्तर–संरचनावादी पक्षहरुमा कुनै पनि निश्चित अर्थलाई, वा भाषा र जगतको बीचमा कुनै पनि अनुरुपतालाई, वा कुनै पनि निश्चित वास्तविकता वा सत्य वा तथ्यको वस्तुगत खोजीलाई अस्वीकार गर्ने कुरा सामेल गर्दछ । यो प्रवृत्ति संभवतः अत्यन्तै बुद्धिमत्तापूर्ण ढंगले नित्शेद्वारा व्यक्त गरिएको थियो, जसको दृष्टिकोणवाद यो परिकल्पनाको खारेजीको लागि एउटा दार्शनिक विधिको रुपमा देखिन्छ कि वस्तुगत ज्ञान हुन सक्दछ ।
वस्तुगतता बौद्धिक क्षेत्रमा शक्ति वा प्राधिकारको लागि छद्मभेषको रुपमा व्यक्त हुन्छ । तार्किक वा बौद्धिक चिन्तन घटनाहरुको प्रवाहमाथि भ्रमपूर्ण भिन्नताहरुको स्थापनाको रुपमा व्यक्त हुन्छ । उत्तर–आधुनिकतावादी अवधारणाको विस्तृत चित्रण जी. एफ. ल्योटार्डको ‘उत्तर–आधुनिक अवस्था’ (१९८४) मा गरियो, जसमा मानव–प्रगतिको सिर्जनामा विज्ञानको सफलताको अस्वीकृति, मानवीय शास्त्रहरुमा ज्ञानप्राप्तिको कुनै पनि प्रयासको स्वीकृत अविश्वसनियताको अतिशयोक्ति, र सामान्य सत्यको अस्वीकृति सामेल छन् ।
उत्तर–संरचनावाद (Poststructuralism) – उत्तर–आधुनिकवादको एउटा प्रकार, जुन फ्रान्समा संरचनावादको विरुद्ध प्रतिक्रियाको रुपमा परिभाषित गरियो, र जुन डेरिडा, पूmको र क्रिस्टेभा जस्ता लेखकहरुसँग सम्बन्धित थियो ।
शब्दहरुले बाह्य भाषिक वास्तविकतासँग आप्mनो सम्बन्धद्वारा होइन, बरु तिनीहरुको आपसी सम्बन्धद्वारा अर्थ दिन्छन् भन्ने सस्यूरको दृष्टिकोणबाट व्युत्पादन गरेर उत्तर–संरचनावादले शक्तिका सम्बन्धहरुमा वा अचेतनमा तिनीहरुका मूलहरुमा स्वार्थलाई थप्दछ । तर पनि यो संरचनावादी दृष्टिकोणलाई ग्रहण गर्दैन कि अचेतन वा समाजका रुपहरुले संरचनात्मक नियमहरुलाई स्वयं पालन गर्दैनन्, जुन पछि खोज गरिन्छन् । बरु यसले नित्शेको मानवीय परिघटनाहरुको नियमसदृश सामान्यीकरणहरुमा रुपान्तरणको विरोधलाई प्रतिध्वनित गर्दछ, जसले यस्ता दृष्टिकोणहरुलाई माक्र्सवादजस्ता निर्धारणवादी प्रणालीहरुका दार्शनिक आधारहरुसँग जोड्दछ । आत्माको मनोविश्लेषणात्मक विघटनतिर अत्यधिक झुकेर यसले उत्तर–आधुनिकवादको संदेहात्मक स्थितिको एउटा अभिव्यक्ति प्रदान गर्दछ, विशेषगरी वस्तुगतता, यथार्थता र सत्यका कुनै पनि अवधारणाहरुलाई अस्वीकृतिद्वारा ।