गौर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले हिंसा भड्काउने अभिव्यक्ति दिएकी छन् ।
जनता समाजवादी पार्टीकी नेता समेत रहेकी यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई आफूहरुसँग टकराए मारिने सक्ने धम्की दिएकी हुन् ।
बलिदानी दिवस मनाउन गौर पुगेकी उनलाई राउतका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए ।
अवरोध छिचोल्दै कार्यक्रममा पुगेकी उनले राइस मिल घटना दोहोरिन सक्ने चेतावनी दिएकी हुन् ।