सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

सत्तारूढ दलहरूको जोड : पहिले संघ, त्यसपछि प्रदेश र स्थानीय तहको चुनाव


  • 2.2K
    SHARES
  • https://indrenipost.com/posts/3088
    माघ ७, २०७८ शुक्रबार
    सत्तारूढ दलहरूको जोड : पहिले संघ, त्यसपछि प्रदेश र स्थानीय तहको चुनाव

    काठमाडौं । निर्वाचन आयोगले शुक्रबारभित्र स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारसँग आग्रह गरेको छ । तर, सत्तागठबन्धनको ध्यान भने स्थानीय तहभन्दा पहिले संसद्को चुनाव गराउनेतिर छ । सत्ता गठबन्धनका नेताहरू गठबन्धन बनाएरै वैशाखमा संसद्को निर्वाचन गर्नुपर्ने पक्षमा देखिएका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी बैशाखमा प्रतिनिधिसभा निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

    यसअघिको सत्तागठबन्धनको उच्चस्तरीय समन्वय समिति बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा प्रतिनिधि सभा निर्वाचन गरेर मंसिरमा स्थानीय तह निर्वाचनमा जानुपर्ने प्रस्ताव गरेका थिए ।

    माओवादी केन्द्र र एकीकृत समाजवादी सत्तापक्षीय दलको गठबन्धन बनाएरै चुनावमा जानुपर्ने प्रस्ताव गर्दै आएका छन् । तर, सत्ताको नेतृत्व गरिरहेको काँग्रेसमा भने चुनावी गठबन्धनबारे भिन्न–भिन्न मत छन् ।

    काँग्रेसका युवा नेताहरू चुनावमा कांग्रेस एकल रूपमा मैदानमा उत्रिनुपर्ने धारणा राख्दै आएका छन् । प्रधानमन्त्रीसँगको छलफलमा माओवादी केन्द्रका अध्यक्ष दाहालले आर्थिक र प्राविधिक दृष्टिकोणले पनि तीनै तहको चुनाव एकैपटक गर्न सकिन्छ कि भन्नेतिर पनि सरकारले गृहकार्य गर्नुपर्ने प्रस्ताव गरेको स्रोतले बतायो ।

    तीनै तहको चुनाव एकैपटक सम्भव नभए वैशाखमा संसद्को चुनाव गरेर मंसिरमा स्थानीय तह निर्वाचनमा जानुपर्ने प्रचण्डको भनाइ थियो ।

    तीन नेताबीचको भेटघाटपछि सत्तागठबन्धनको बैठक आज (शुक्रबार) बोलाइएको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार ४ बजे पाँच दलीय सत्ता गठबन्धनको बैठक तय गरिएको जानकारी दिए । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # संयुक्त गठबन्धन सरकार
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij