सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

सत्ता गठबन्धनको अर्को ट्विस्ट : पहिले स्थानीय तहको चुनाव गर्ने


  • 3.0K
    SHARES
  • https://indrenipost.com/posts/3097
    माघ ८, २०७८ शनिबार
    सत्ता गठबन्धनको अर्को ट्विस्ट : पहिले स्थानीय तहको चुनाव गर्ने

    काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दल प्रदेश र प्रतिनिधि सभा निर्वाचनअघि स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् ।

    शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ पाँच दलको बैठकले संंवैधानिक प्रावधानअनुसार नै निर्वाचनका लागि अघि बढ्ने निर्णय गरेको हो । तर, कहिले र कुन मितिमा निर्वाचन गर्ने भन्ने विषयमा भने गठबन्धनमा अझै सहमति जुटेको छैन ।

    सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको स्प्रिटअनुसार नै स्थानीय तहको निर्वाचनका विषयमा गठबन्धन बैठकमा गम्भीर रूपमा छलफल भएको जानकारी दिए ।

    ‘स्थानीय तह रिक्त हुने अवधि कुन हो भन्ने विषयमा संविधानविद् र निर्वाचन आयोगसँग थप छलफल गरेर निर्वाचनको मिति तय गर्ने सहमति बनेको छ ।

    स्थानीय तहको निर्वाचनको विषयमा संविधान र निर्वाचन कानुनमा फरकफरक व्याख्या भएको भन्दै दलहरूले आआफ्नै ढंगले विश्लेषण गर्दै आइरहेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # संयुक्त गठबन्धन सरकार
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij