आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

महन्थ-राजेन्द्रबीच विवाद, बोलचाल नै बन्द


  • 1.9K
    SHARES
  • https://indrenipost.com/posts/3137
    माघ ११, २०७८ मंगलबार
    महन्थ-राजेन्द्रबीच विवाद, बोलचाल नै बन्द

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)भित्र चर्किँदै गएको विवाद पार्टी बैठकसमेत बस्न नसक्ने अवस्थासम्म पुगेको छ ।

    प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्ष नियुक्तिको विषयलाई लिएर अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहबीच चर्केको विवाद अहिले बोलचालसमेत नहुने अवस्थामा पुगेको छ ।

    अध्यक्ष ठाकुरको व्यवहार र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ नेता महतो पार्टी कार्यालय जान पनि छाडेका छन् ।

    ‘महन्थजी र राजेन्द्रजीको बीचमा बोलचालसमेत बन्द भएको अवस्था छ । राजेन्द्रजी त पार्टी कार्यालयमा समेत आउन छाडेको छन् ।

    महिनौं बितिसक्दा पनि राजेन्द्रजीलाई पार्टी कार्यालयमा देखिएको छैन, पार्टी बैठक नबसेको पनि लामै समय भयो, यसले सबैलाई निराश बनाएको छ,’ जसपा स्रोतले भन्यो ।

    अध्यक्ष ठाकुरले पार्टीमा छलफल नै नगरी जिम्मेवारी बाँड्न थालेपछि पार्टी पार्टीका रूपमा अघि नबढेको एक असन्तुष्ट नेताले बताए । यो समाचार राजधानी दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij