आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

राष्ट्रिय सभा निर्वाचन : एमाले-राप्रपाको तालमेल भाँडियो, गठबन्धन दलका उम्मेदवारको जित निश्चित


  • 6.0K
    SHARES
  • https://indrenipost.com/posts/3157
    माघ ११, २०७८ मंगलबार
    राष्ट्रिय सभा निर्वाचन : एमाले-राप्रपाको तालमेल भाँडियो, गठबन्धन दलका उम्मेदवारको जित निश्चित

    प्रदेश १ को राष्ट्रियसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक्लै प्रतिस्पर्धा गर्ने भएको छ । 

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय पदाधिकारीहरूको बैठकले प्रदेश १ को राष्ट्रियसभा निर्वाचनमा एक्लै लड्ने निर्णय लिएको हो । 

    प्रदेश १ मा उम्मेदवारी दर्ताका क्रममा एमाले र राप्रपा तालमेल प्रयास भएको थियो । छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका राप्रपा र एमालेबीच तालमेलको कोसिस भए पनि सफल हुन नसकेको हो ।

    राष्ट्रिय सभा सदस्य जित्न प्रदेश १ मा एमाले र राप्रपाबीच सहकार्यले मूर्त रुप नलिएसँगै त्यहाँ गठबन्धनका उम्मेदवारहरू सजिलै विजयी हुने पक्का भएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij