आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

राष्ट्रिय सभाको निर्वाचनमा एमाले-लोसपाको तालमेल


  • 1.7K
    SHARES
  • https://indrenipost.com/posts/3159
    माघ १२, २०७८ बुधबार
    राष्ट्रिय सभाको निर्वाचनमा एमाले-लोसपाको तालमेल

    काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा मधेस प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सहकार्य गर्ने भएका छन् ।

    एमाले र लोसपाबीचको यो सहकार्य राष्ट्रियसभा निर्वाचनका लागि मात्र नभई पछिसम्म पनि रहने सङ्केत देखिएको छ ।

    केपी ओली प्रधानमन्त्री भएका बेला एमाले तथा तत्कालीन जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षबीच सम्बन्ध राम्रो थियो ।

    ठाकुर र महतोले ओलीलाई सहयोग गरेको विषयलाई लिएर जसपामा विवाद भयो । जसपाका ठाकुर, महतो, शरत्सिंह भण्डारी, अनिल झालगायतका नेता पार्टी फुटाउन तर भए तर उनीहरू ओलीसँगको सम्बन्ध टुटाउन तयार भएनन् ।

    जसपाबाट अलग भएर ठाकुर महतोलगायतले लोसपा गठन गरे । ओली प्रधानमन्त्रीबाट हटेपछि पनि ठाकुर महतोलगायतका नेताले उनीसँगको सम्बन्ध कायमै राखे ।

    बेला बेलामा ओलीलाई भेट्न ठाकुर, महतोलगायत नेता बालकोट पुगिरहन्छन् । यो समाचार नागरिक दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij