काठमाडौं । नेपालमा थप ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट २१ हजार ८०८ जनाको नमूना परीक्षण गर्दा बिहीबार ८ हजार ०१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
गत २४ घण्टामा १५ हजार ७३६ नमूनाको पीसीआर र ६ हजार ७२ नमूनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।