मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै


  • 2.1K
    SHARES
  • https://indrenipost.com/posts/3198
    माघ १४, २०७८ शुक्रबार
    काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

    काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समितिको बैठक डाकेका छन् । कोरोना संक्रमणका कारण बैठक भर्चुअल रुपमा बस्ने कांग्रेसले जनाएको छ ।

    शुक्रवार ३ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनलाई एजेन्डा बनाइएको छ । बैठकमा आउँदो निर्वाचनबारे पनि छलफल हुने बताइएको छ ।

    स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने भए पनि सरकारले अहिलेसम्म निर्वाचनको मिति तोक्न सकेको छैन । निर्वाचन आयोगले निर्वाचनको मिति छिटो तोक्न सरकारलाई ताकेता गरिरहेको छ । तर सत्ता गठबन्धन तीनै तहको निर्वाचन एकैसाथ गर्ने कि भनेर अलमलमा परेको छ ।

    संविधान र स्थानीय तह निर्वाचन एन २०७३ बाझिएको भन्दै सत्तारुढ दलका नेताहरुले कानुन व्यवसायीहरुसँग सुझावसमेत लिएका थिए । यसैबारेमा कांग्रेस केन्द्रीय समितिमा छलफल हुने बताइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij