काठमाडौं । नेपालमा थप ५ हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोमबार ५ हजार २९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
गत २४ घण्टामा १० हजार ३६८ नमूनाको पीसीआर र ५ हजार ७२० नमूनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ३ हजार ४७२ जना र एन्टिजेन परीक्षणबाट १८२० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, गत २४ घण्टाको अवधिमा ८ हजार १९१ जना कोरोना संक्रमणबाट मुक्त भएका मन्त्रालयले जानकारी दिएको छ । सोही अवधिमा ८ संक्रमितको मृत्यु भएको छ ।