आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

एमसीसीका विवादित बुँदा संशोधनबिना पारित गर्न नहुने माओवादी केन्द्रको अडान


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/3280
    माघ २०, २०७८ बिहीबार
    एमसीसीका विवादित बुँदा संशोधनबिना पारित गर्न नहुने माओवादी केन्द्रको अडान

    काठमाडौं । संसद्मा दर्ता भएको एमसिसी सम्झौता दुईतिहाइ बहुमतले पारित गर्नुपर्ने माओवादी केन्द्र र एकीकृत समाजवादीको अडान छ । प्रधानमन्त्री शेरबहादुर देउवा संसद्को साधारण बहुमतले पारित गर्नुपर्ने पक्षमा छन् ।

    संसद्मा आउनैनपर्ने एमसिसी सम्झौता आएकाले छलफल र आवश्यक संशोधन गरी दुईतिहाइले पारित गर्नु उपयुक्त हुने माओवादी केन्द्र र नेकपा एसको धारणा छ । 

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालनिकट एक नेताको भनाइअनुसार एमसिसी संसद्मा लैजानुपर्ने विषय होइन, संसद्मा लैजानुनपर्ने विषय लगिएपछि दुईतिहाइले किन पारित नगर्ने भन्ने पार्टीको मुख्य प्रश्न हो । 

    एमसिसी जस्तो विषयमा राष्ट्रिय सहमति आवश्यक छ, एमसिसीलाई लिएर जनता विभाजित देखिएकाले यसमा संसद्का प्रमुख सबै दलको सहमति हुनुपर्ने ती नेताले बताए । यसबाट राष्ट्रिय सहमतिको सन्देश पनि प्रवाह गर्न सकिने ती नेताको भनाइ छ ।

    सरकारले एमसिसी सम्झौता दुवै सदनबाट पारित गर्नेगरी प्रस्ताव संसद्मा लगेको छ । साधारण बहुमतले पारित गर्ने विषय प्रतिनिधिसभामा मात्र पेस गर्न सकिन्छ । संसद्को दुवै सदनले पारित गर्नुपर्ने हो भने दुईतिहाइ जुटाउँदा के फरक पर्दछ भन्ने एकथरी नेताहरूको भनाइ छ ।

    एमसिसी दुईतिहाइले पारित गर्ने हो भने एमालेको सहमतिबिना सम्भव छैन । संसद् अवरुद्ध गरिरहेको एमाले एमसिसी पारित गर्न कसरी मतदानमा सहभागी हुन सक्छ भन्ने प्रश्न एकातिर छ भने अर्कोतिर एमसिसीमा मतदान नगर्ने रणनीतिस्वरुप नै उसले संसद् अवरुद्ध गरेको पार्टी अध्यक्ष केपी शर्मा ओली निकट केही नेता बताउँछन् ।

    एमालेबाहेक प्रतिनिधिसभामा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीको १ सय ६५ र स्वतन्त्र दलका तीन गरी १६८ मत छ ।

    स्वतन्त्र हैसियतमा राप्रपाबाहेक राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले मतदानमा सहभागी नहुने संकेत गरेका छन् । यो समाचार नागरिक दैनिकमा छ । 

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij