आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

सिके रावतका कार्यकर्ता उग्र बन्दै : राजमार्ग अवरूद्ध गरेर प्रदर्शन, लामो तथा छोटो दूरीका सवारी साधन ठप्प, जनजीवन कष्टकर


  • 2.5K
    SHARES
  • https://indrenipost.com/posts/3285
    माघ २०, २०७८ बिहीबार
    सिके रावतका कार्यकर्ता उग्र बन्दै : राजमार्ग अवरूद्ध गरेर प्रदर्शन, लामो तथा छोटो दूरीका सवारी साधन ठप्प, जनजीवन कष्टकर

    जनकपुरथाम । सिके राउत नेतृत्वको जनमत पार्टीले आज राजमार्ग बन्द गरेर प्रदर्शन गरेका छन् ।

    किसान आन्दोलन भन्दै उक्त पार्टीले राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन् ।

    मधेशमा पूर्वपश्चिम राजमार्ग अवरूद्ध गर्दै उनीहरूले आज बिहानैदेखि प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनका कारण सिरहा, सप्तरी र धनुषालगायत जिल्लाका राजमार्ग क्षेत्रमा प्रभाव परेको छ । राजमार्गका ठाउँ(ठाउँमा बाँसका भाटा बोकेका जनमत पार्टीका कार्यकर्ता बसेका छन् ।

    केही स्थानमा बाहेक लामो दूरीका सवारी साधन चल्न सकेका छैनन् । किसानका माग सम्बोधन नभएकोले आफूहरू आन्दोलनमा आउनुपरेको उनीहरूले बताएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij