आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

प्रदेश-१ को नामाकरणमा माओवादी केन्द्रको दुई विकल्प, ती के-के हुन् ?


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/3302
    माघ २०, २०७८ बिहीबार
    प्रदेश-१ को नामाकरणमा माओवादी केन्द्रको दुई विकल्प, ती के-के हुन् ?

    काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले प्रदेश १ को नामसम्बन्धी प्रस्ताव विकल्पसहित अघि बढाउने भएको छ ।

    प्रदेश सभामा सदस्य रहेका दलहरूबीच मत भिन्नता भएको अवस्थामा ‘किरात’ प्रदेश र समझदारी भएको अवस्थामा ‘किरात–कोशी वा कोशी–किरात’ नामलाई अघि सार्ने भएको हो । 

    ‘किरात’ नाममाथि कुनै पनि हालतमा सहमति नभएको अवस्थामा भने समझदारी कायम गर्न ‘किरात–कोशी वा कोशी–किरात’ प्रदेश नामलाई अघि सार्ने माओवादीका प्रदेश सभा सदस्य धिरेन शर्मा ‘रमण’ ले  बताए । 

    माओवादीले राज्य पुनर्संरचनाको क्रममा प्रस्ताव गरेको चार गणराज्य लिम्बुवान, खम्बुवान, कोचिला र अवध हालको प्रदेश १ मा छन् ।

    तर, यी चारवटै नामलाई सम्बोधन हुने गरी माओवादीले ‘किरात प्रदेश’ प्रस्ताव गरेको जनाएको छ । प्रदेश संसदमा छलफल हुँदै आएका नामहरू भने सगरमाथा, लिम्बुवान, खम्बुवान र विराट पनि हुन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij