आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

भेरी अस्पतालमा दुई जनाको मृत्यु


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/3307
    माघ २०, २०७८ बिहीबार
    भेरी अस्पतालमा दुई जनाको मृत्यु

    काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर वलीका अनुसार दाङको शान्तिनगर गाउँपालिका-३ का ८० वर्षीय पुरुष र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-८ का ८६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

    ८० वर्षीय पुरुषमा माघ १६ गते संक्रमण पुष्टि भएको थियो । उनी सोही दिन अस्पतालमा भर्ना भएका थिए । उनको उपचारको क्रममा बुधबार राति १स्५० बजे मृत्यु भएको थियो ।

    ८६ वर्षीय पुरुषमा माघ १३ गते संक्रमण पुष्टि भएको थियो । सोही दिन अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा बिहीबार बिहान ९ बजे मृत्यु भएको उनले बताए ।

     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij