आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

मधेसमा सीके राउतको उपद्रो : किसानका मुद्दा सम्बोधन गर्ने बहानामा अराजक बन्दै


  • 2.1K
    SHARES
  • https://indrenipost.com/posts/3328
    माघ २१, २०७८ शुक्रबार
    मधेसमा सीके राउतको उपद्रो : किसानका मुद्दा सम्बोधन गर्ने बहानामा अराजक बन्दै

    काठमाडौं । शान्ति सम्झौता गरेर मूलधारको राजनीतिमा प्रवेश गरे पनि सीके राउत नेतृत्वको जनमत पार्टीले मधेसमा उपद्रो गर्दै आएको छ । 

    कर्मचारीलाई मोसो दल्ने, सार्वजनिक तथा व्यक्तिका गाडी तोडफोड गर्ने र लाठा लिएर सडकमा प्रदर्शन गरेर अराजकता मच्चाउँदै आएको यो पार्टीले पछिल्लो समय किसान आन्दोलनका नाममा पूर्वपश्चिम राजमार्ग अस्तव्यस्त पारिरहेको छ । 

    राउतको राजमार्ग केन्द्रित प्रदर्शन एक साता रोकिएर बिहीबार फेरि सुरु भएको छ । तर, किसानको मुद्दा सम्बोधन गर्ने तथा राउतको अराजकताबाट कर्मचारी तथा सर्वसाधारणको प्रतिष्ठा जोगाउने विषयमा मधेसी एवम् मूलधारका दल तथा राज्यले कुनै नीति बनाएका छैनन् ।

    डेढ महिनादेखि राजमार्ग केन्द्रित आन्दोलन गर्दा पनि सरकारले नसुनेको भन्दै जनमत पार्टी फेरि राजमार्गमा उत्रिएको हो । किसानका मुद्दा र ब्यानर बोकेका जनमतका कार्यकर्ताले राजमार्गका ठाउँठाउँमा टेन्ट गाडेर प्रदर्शन गरिरहेका छन् । 

    किसानका नाममा आन्दोलन गर्दै आएका कार्यकर्ताले पुस १९ मा सिरहामा उखु बोकेको ट्रकमा आगजनी गरे । त्यसअघि सप्तरी र सिरहामा पनि दुइटा ट्रकमा जनमतका कार्यकर्ताले आगो लगाएका थिए । 

    प्रदर्शनकारीले अहिलेसम्म सर्वसाधारणका दर्जनजति सवारीसाधन तोडफोड गरेका छन् भने तीनवटा मालवाहक ट्रकमा आगजनी भएको छ । 

    राजमार्गको अवरोध हटाउने क्रममा राउत कार्यकर्ता र प्रहरीबीच रौतहट, धनुषा, सिरहा र सप्तरीमा हिंसात्मक झडपसमेत हुँदै आएका छन् । यो समाचार कान्तिपुर दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij