आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

सुदूरपश्चिममा भारी हिमपात : सडक अवरुद्ध, यात्रु बाटोमै अलपत्र, विद्युत, रेडियो, टेलिफोन सेवा ठप्प


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/3338
    माघ २१, २०७८ शुक्रबार
    सुदूरपश्चिममा भारी हिमपात : सडक अवरुद्ध, यात्रु बाटोमै अलपत्र, विद्युत, रेडियो, टेलिफोन सेवा ठप्प

    धनगढी । हिजो (बिहीबार) दिउँसोदेखि लगातारको हिमपातका कारण सुदूरपश्चिमको पहाडी तथा हिमाली क्षेत्रको जनजीवन कष्टकर बनेको छ । 

    मौसममा आएको परिवर्तनसँगै बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी, बझाङ र दार्चुलामा हिजोदेखि हिमपात हुन रोकिएको छैन ।

    सुदूरपहाडका विभिन्न जिल्ला जोडने राजमार्ग क्षेत्रमा भारी हिमपात भएपछि सवारी आवागमन रोकिएको छ । 

    हिमपातले राजमार्ग अवरुद्ध हुँदा धनगडीबाट पहाडी जिल्लाका लागि छुटेका दिवा तथा रात्री सेवाका यातायातका साधन बाटोमै रोकिएका छन् ।

    हिउँ पर्ने क्रम जारी रहेको र बाटो खोल्ने प्रयास नहुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । 

    हिमपातका कारण सुदूरपहाडमा विद्युत तथा संचार सेवा पनि अवरुद्ध भएको छ । विद्युत पोल ढलेर पहाडी जिल्लामा बिजुली सेवा पनि अवरुद्ध छ ।

    हिमपात र वर्षातका कारण जिल्लाको टेलिफोन तथा इन्टरनेट सेवासमेत पूर्णत अवरुद्ध भएपछि जिल्लाको जनजीवन अस्तव्यस्त भएको हो । पहाडी जिल्लाबाट प्रसारण हुने एफएम रेडियोको प्रसारण सेवा पनि अवरुद्ध बनेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij