आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

पछिल्लो २४ घण्टामा थप २५२६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु, ८ हजारभन्दा बढी निको


  • 2.3K
    SHARES
  • https://indrenipost.com/posts/3348
    माघ २१, २०७८ शुक्रबार
    पछिल्लो २४ घण्टामा थप २५२६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु, ८ हजारभन्दा बढी निको

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र दुई हजार ५२६ जना कोरोना संक्रमित थपिएका छन् । 

    मन्त्रालयले देशभरका ल्याबमा आरटी पीसीआर विधिबाट ६६ सय ५५ नमुना परीक्षण गरेको थियो । त्यस्तै एन्टिजेन विधिबाट ४४ सय १८ परीक्षण भएको थियो । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा १६ जनाले ज्यान गुमाएका छन् । 

    मन्त्रालयका अनुसार शुक्रबार आरटी पीसीआर विधिबाट १६ सय २ जना र एन्टिजेन विधिबाट ९२४ जनामा कोरोना पुष्टि भएको हो । 

    यही अवधिमा थप ८ हजार ४२५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । हाल नेपालमा ५६ हजार ४५७ जना सक्रिय संक्रमित रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij