आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

मधेस प्रदेश सरकारको राज्यमन्त्रीमा एकीकृत समाजवादीका नागेन्द्र राय यादव


  • 2.4K
    SHARES
  • https://indrenipost.com/posts/3387
    माघ २३, २०७८ आइतबार
    मधेस प्रदेश सरकारको राज्यमन्त्रीमा एकीकृत समाजवादीका नागेन्द्र राय यादव

    जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेकपा (एकीकृत समाजवादी)बाट एक राज्यमन्त्री थपिएका छन् । मुख्यमन्त्री लालबाबु राउतले उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्रीमा नागेन्द्र राय यादवलाई नियुक्त गरेका हुन् ।

    उनलाई आज बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले पद तथा गोपनीयताको शपथ खुवाए । उनी रौतहटका हुन् ।

    यसअघि, गएको मंसिर ५ गते नेकपा (एकीकृत समाजवादी)बाट उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुनमन्त्रीमा प्रमोद यादव मधेस सरकारमा सहभागी भइसकेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij