मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

बन्द विद्यालय सञ्चालन गर्न गृहकार्य, सीसीएमसीको बैठक बस्दै


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/3391
    माघ २३, २०७८ आइतबार
    बन्द विद्यालय सञ्चालन गर्न गृहकार्य, सीसीएमसीको बैठक बस्दै

    काठमाडौं । कोरोना महामारीको तेस्रो लहरका कारण बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य सुरु गरिएको छ ।

    शिक्षालयसँगै विभिन्न सेवा क्षेत्र सञ्चालन र सहजीकरणबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले शुक्रबार शिक्षा क्षेत्रका अधिकारी र सरोकारवालाहरुसँग छलफल गरेको हो । 

    प्राप्त सुझावका आधारमा आज आइतबार सीसीएमसीको बैठक गरेर थप सिफारिस गरिने भएको छ ।

    शुक्रबारको बैठकमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन ९नेसनल प्याब्सन० का अध्यक्ष ऋतुराज सापकोटा, अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी, नेपाल शिक्षक महासंघका अध्यक्षा कमला तुलाधरलगायतको सहभागिता थियो । 

    नेसनल प्याब्सनका अध्यक्ष सापकोटाका अनुसार आगामी फागुन १ गतेदेखि विद्यालय खोल्ने विषयमा सीसीएमसी र सरकारले ठोस निर्णय लिनुपर्ने सुझाव दिइएको छ ।

    पर्सि मंगलबारसम्म कोभिडविरुद्धको खोप लगाउन योग्य र छुटेका बालबालिकालाई खोप उपलब्ध गराउन पनि बैठकले आग्रह गरेको छ ।

    थप निर्णय र सिफारिस आजको सीसीएमसीको बैठकले गर्नेछ । 

    काठमाडौंलगायत विभिन्न जिल्ला प्रशासन कार्यालयले यही माघ मसान्तसम्मका लागि शिक्षालयलगायत सेवा बन्दको आदेश जारी गरेका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij