काठमाडौं । सत्तारुढ पाँच दलले कास्कीमा चुनावी तालमेल गर्ने निर्णय गरेका छन् ।
नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने भएका हुन् ।
सत्ता नेतृत्वकर्ता काँग्रेसले बोलाएको बैठकले वडा तहसम्मै चुनावी गठबन्धन गर्ने समझदारी गरेको हो ।
सत्ताघटक दलले ७२ वटै वडामा मिलेर उम्मेदवारी दिने निर्णय गरेका छन् ।
‘पाँच दलबीच एक प्रकारको समझदारी बनेको छ । सहकार्य टुट्दैन,’ एकीकृत समाजवादीका कास्की अध्यक्ष धनराज आचार्यले नेपाल लाइभसँग भने, ‘केन्द्रको निर्णय पनि कुर्छौं । तालमेलको जिम्मा जिल्लालाई नै दिने निर्देशन आयो भने हामी तयार भएको सन्देश दिन पनि खोजेका हौं ।’