आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

विश्वभर थपिए साढे २१ लाख संक्रमित, साढे ११ हजारको मृत्यु


  • 1.0K
    SHARES
  • https://indrenipost.com/posts/3514
    माघ २६, २०७८ बुधबार
    विश्वभर थपिए साढे २१ लाख संक्रमित, साढे ११ हजारको मृत्यु

    काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख ५६ हजार ८६४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै विश्वभर कुल संक्रमितको संख्या ४० करोड ३ लाख नाघेको छ ।

    सो अवधिमा २९ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् भने ११ हजार ५३८ जनाको मृत्यु भएको छ । 

    पछिल्लो केही दिनदेखि अमेरिका र युरोपमा संक्रमण बिस्तारै दैनिक संक्रमितको संख्या घट्न थालेको छ । पछिल्लो केही दिनयता भारतमा समेत दैनिक संक्रमित हुनेको संख्या घट्दो छ । 

    पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख ६६ हजार भन्दाबढी, रुसमा १ लाख ६५ हजार, इटलीमा १ लाख १ हजार, ब्राजिलमा १ लाख ७१ हजार संक्रमित थपिएका छन् ।

    पछिल्लो २४ घण्टामा भारतमा ६९ हजारभन्दा बढी संक्रमित थपिँदा १२ सय ३० जनाको मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij