आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

मधेस प्रदेश सरकारले फागुन १ गते पहिलो पटक जनयुद्ध दिवस मनाउँदै, प्रचण्डले सम्बोधन गर्ने


  • 5.4K
    SHARES
  • https://indrenipost.com/posts/3540
    माघ २७, २०७८ बिहीबार
    मधेस प्रदेश सरकारले फागुन १ गते पहिलो पटक जनयुद्ध दिवस मनाउँदै, प्रचण्डले सम्बोधन गर्ने

    मधेस प्रदेश सरकारले पहिलो पटक आगामी १ फागनुमा जनयुद्ध दिवस मनाउने भएको छ । यसक्रममा शहीद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

    आगामी १ फागुनमा ती परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम तय भएको प्रदेश सरकारले जनाएको छ ।

     विगत तीन वर्षदेखि ५ माघमा मधेस बलिदानी दिवसका रूपमा मनाउँदै आएको प्रदेश सरकारले पहिलोपटक जनयुद्ध दिवस मनाउने तयारी गरेको हो ।

    आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गतको मधेसी शहीद प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रमलाई पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए । 

    पहिलो चरणमा प्रदेशको आठवटै जिल्लाका ४० शहीद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिने तयारी रहेको उनको भनाइ छ । -रासस

    images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij