आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

६ महिनामा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि कति खर्च भयो ?


  • 1.8K
    SHARES
  • https://indrenipost.com/posts/3582
    माघ २९, २०७८ शनिबार
    ६ महिनामा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि कति खर्च भयो ?

    काठमाडौं । चालू आ व २०७८/७९ को पहिलो छ महिनामा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा झण्डै १० अर्व खर्च भएको छ ।

    अर्थमन्त्रालयले विहीबार  सार्वजनिक गरेको आ व २०७८/७९ अर्धवार्षिक मूल्याङ्कन प्रितवेदनमा अनुसार पहिलो छ महिनामा कोरोना नियन्त्रण,रोकथाम तथा उपचारमा नौ अर्व ६९ करोड २४ लाख  रूपियाँ खर्च भएको छ ।

    जसमध्ये सबैभन्दा बढी संघीय सरकारले सात अर्व ७४ करोड ५३ लाख खर्च गरेको छ ।

    सात वटै प्रदेशबाट एक अर्ब ८८ करोड पाँच लाख खर्च भएको छ भने स्थानीय तहबाट भने छ कराेड ६६ लाख खर्च भएको तथ्यांक अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।

    अघिल्लो आव २०७७/७८ मा कोरोना रोकथाम,नियन्त्रण तथा उपचारका लागि संघ,प्रदेश र स्थानीय तहबाट १३ अर्व ३१ करोड ४३ लाख खर्च भएको अर्थ मन्त्रालयको जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij