आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

पछिल्लो २४ घण्टामा थप ६८० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/3677
    फागुन ३, २०७८ मंगलबार
    पछिल्लो २४ घण्टामा थप ६८० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

    नेपालमा थप ६८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

    गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ७ हजार ९५ नमूनाको परीक्षण हुँदा मंगलबार ६८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

    पछिल्लो २४ घण्टामा ४ हजार २५६ जनाको पीसीआर र २ हजार ८३९ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ । 

    एन्टिजेन परीक्षणको तथ्याङ्कमा एसएमएस र ईमेलबाट प्राप्त नतिजाको विवरण समेत समावेश गरिएको छ । 

    पीसीआर परीक्षणबाट ४९८ जनामा र एन्टिजेन परीक्षणबाट १८२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । 

    गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरि २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij