आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

मौसम पूर्वानुमान : आज प्रदेश १ बाहेक देशभरको मौसम सफा रहने


  • 2.3K
    SHARES
  • https://indrenipost.com/posts/3717
    फागुन ५, २०७८ बिहीबार
    मौसम पूर्वानुमान : आज प्रदेश १ बाहेक देशभरको मौसम सफा रहने

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ बाहेक सबै प्रदेशको मौसम सफा रहने छ ।

    प्रदेश १ को पहाडी भेगमा भने हल्का वर्षाका वर्षाको सम्भावना रहेको छ ।

    पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण बिहीवार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

    बाँकी स्थानमा मौसम सामान्यतः सफा रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

    दिउँसो प्रदेश १ बाहेक सबै प्रदेशमा मौसम सफा रहने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

    प्रदेश १ को पहाडी भेगमा छिटफुटदेखि हल्का वर्षा र उच्च भेगमा हिमपातको सम्भावना रहेको उनले बताए ।

    बिहीवार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij