आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

नेपालमै पहिलो पटक ‘छिमेकी चरा’ एपमार्फत चरा गणना


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/3748
    फागुन ६, २०७८ शुक्रबार
    नेपालमै पहिलो पटक ‘छिमेकी चरा’ एपमार्फत चरा गणना

    कञ्चनपुर । कञ्चनपुरसहित देशका ६६ जिल्लामा भोलि शनिवारदेखि एकैसाथ ‘छिमेकी चरा’ एपको माध्यमबाट चरा गणनाको कार्य सुरु हुने भएको छ ।

    नेपाल पक्षी संरक्षण सङ्घले एपमार्फत नेपालमै पहिलो पटक चरा गणनाको कार्य गर्न लागिएको हो । स्वयम्सेवक खटाएर एपमार्फत चरा गणनाको कार्य गरिन लागेको सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताए ।

    मोबाइलमा छिमेकी चरा एप स्वयम्सेवकले डाउनलोड गरी घर नजिकै, छरछिमेक, गल्ली, विद्यालय, पार्कलगायत क्षेत्रमा पाइने चराको फोटो खिचेर एपमा अपलोड गरी अभिलेखीकरणको कार्य हुन्छ, उनले भने, एपमै प्रदेश, जिल्ला, स्थानीय तह राखिएको छ, स्वयम्सेवकले आफू बसेकै ठाउँबाट चराको प्रजातिसँगै सङ्ख्यासहित एपमा फोटो अपलोड गर्छन् ।ु

    पहिलो चरणमा चरा गणनाको काम यही फागुन ७ गते स्वयम्सेवकमार्फत आधा घण्टा गरिने उहाँले बताउनुभयो ।

    त्यसको नतिजा विश्लेषण गरी दोस्रो चरणमा कुन–कुन महिनामा चरा गणनाको कार्य गर्ने भन्नेबारे निर्क्योल हुन्छ, उनले भने, स्वयम्सेवकले एपमार्फत पठाएका फोटोका आधारमा नतिजा स्थानीय सञ्चारमाध्यम र वर्डलाइफ नेपालको वेबसाइटमार्फत सार्वजनिक गरिने छ ।ु

    स्वयम्सेवक परिचालन गरी एपमार्फत चरा गणनाका लागि दुई महिना अघिदेखि तयारी थालिएको उनले जानकारी दिए । चरा गणनाका लागि एक हजारभन्दा बढी स्वयम्सेवक परिचालन गरिने बताइएको छ ।

    यसअघि चरा गणनाका लागि चरा संरक्षणको क्षेत्रमा क्रियाशीललाई मात्रै समावेश गरिँदै आएकामा यसपटक स्थानीय बासिन्दालाई समेत समावेश गरिएको छ । चराको महत्त्व दर्साउन, छरछिमेकलाई चरामैत्री बनाउन र चरा संरक्षणबारे नागरिकलाई सचेत पार्नका लागि एपमार्फत चरा गणनाको कार्य हुन लागेको विज्ञ डगौराको भनाइ छ । एपमा नेपालभरि पाइने ९हिमालदेखि तराईसम्मका० चराको सूची राखिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij