आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

कोभिड संक्रमणको तेस्रो लहर मत्थर बन्दै, जनजीवन सामान्यीकरणतर्फ


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/3784
    फागुन ८, २०७८ आइतबार
    कोभिड संक्रमणको तेस्रो लहर मत्थर बन्दै, जनजीवन सामान्यीकरणतर्फ

    काठमाडौं । कोरोनाको तेस्रो लहर सुरु भएयता शनिबार हालसम्मकै कम संक्रमण दर देखिएको छ । पछिल्लो तीन सातायता कोरोना संक्रमण दर घट्दो क्रममा छ । तर, मृत्युदर भने अझै स्थिर रहेको छ ।

    शनिबार ७ हजार ९६ जनाको नमुना परीक्षण गर्दा ३ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या कोरोनाको तेस्रो लहर सुरु भएयताकै कम हो ।

    साथै शनिबार एकै दिन १ हजार २ सय ७२ जना कोरोना संक्रमित निको भएका छन् । त्यस्तै, शुक्रबार ९ हजार नमुना परीक्षण गर्दा ४ सय ३७ जनामा कोरोना संक्रमण देखिएको थियो । बिहीबार ९ हजार ७ सय ८९ जनामा परीक्षण गर्दा ५ सय ७० जनामा संक्रमण देखिएको थियो ।

    केही सातायता नेपालमा मात्र होएन दक्षिण एसियामै कोरोना संक्रमणदर ह्वात्तै घटेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण पूर्व एसियामा नयाँ संक्रमण दरमा ३२ प्रतिशतले कमी आएको छ ।

    स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार अब नयाँ भेरियन्ट नआएको खण्डमा संक्रमण दर घट्दै जाने र स्थिति सामान्य हुन सक्नेछ ।

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार कोरोना संक्रमण दर घटे पनि जोखिम भने बाँकी नै रहन्छ । स्वास्थ्य सर्तकता अपनाएर बस्नु उचित हुन्छ ।

    पहिलो र दोस्रो लहरको हिसाबमा तेस्रो लहरमा कोरोना संक्रमण दर ह्वात्तै बढे पनि क्षति भने कम भएको छ । दोस्रो भेरियन्टमा डेल्टा भेरियन्टले मृत्युदर बढाएको थियो ।

    जसका कारण जनजीवन अस्तव्यस्त बन्न पुगेको थियो । ओमिक्रोनको भेरियन्ट आएसँगै कोरोनाको तेस्रो लहरका कारण संक्रमण दर तीव्र गतिमा बढे पनि अहिले विस्तारै जनजीवन सामान्य बन्दै गइरहेको छ । यो समाचार राजधानी दैनिकमा छ । 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij