नेपालमा कोरोना संक्रमण घट्दै गइरहेको छ । संक्रमण घटेसँगै सक्रिय संक्रमितको संख्या पनि ओरोलो लागि रहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले नेपालमा ११ हजार दुई सय ८२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
यी मध्ये ५ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ ।
५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लालाई रेड जोनको रुपमा हेरिन्छ ।
यसरी ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरुमा मोरङ, काठमाडौं, ललितपुर, कास्की र कैलाली रहेका छन् ।
यस्तै १० वटा जिल्लामा २०० भन्दा बढी कोरोना संक्रमित उपचाररत छन् ।
ति जिल्लाहरुमा झापा,सुनसरी,धनुषा, सिरहा सप्तरी,भक्तपुर, चितवन, काभ्रे, बाँके र रुपन्देही रहेका छन् ।
सोमबार तीन सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी आठ हजार एक सय ४० जनाको नमुना परीक्षण गर्दा तीन सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।