आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

बेनामी एक्लो प्रदेश १ को नामकरणका लागि सर्वदलीय बैठक बस्दै


  • 3.2K
    SHARES
  • https://indrenipost.com/posts/3854
    फागुन १०, २०७८ मंगलबार
    बेनामी एक्लो प्रदेश १ को नामकरणका लागि सर्वदलीय बैठक बस्दै

     प्रदेश १ सरकारले प्रदेशको नामकरणका लागि आज (मंगलबार) सर्वदलीय बैठक आह्वान गरेको छ ।

    मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले प्रदेशको नामकरणका लागि स्वास्थ्यमन्त्री जयराम यादवलाई समन्वय गरेर सहमतिको वातावरण बनाउने जिम्मेवारी दिएको छ ।

    नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको सत्तारुढ गठबन्धन दलले प्रदेशसभामा गठबन्धन दलबाट एउटा मात्रै नाम प्रस्ताव गर्ने सहमति भएको छ ।

    पाँच दलीय गठबन्धनको तर्फबाट ५० जना, एमालेको ४१, राप्रपाको १ गरी ९२ सदस्यीय प्रदेश सभामा नामकरणका लागि ६१ सांसद आवश्यक हुने संवैधानिक व्यवस्था छ ।

    त्यसैले एमालेको समर्थनबिना प्रदेशको नामकरण सम्भव छैन । साढे तीन महिनादेखि स्थगित रहेको प्रदेश सभाको बैठक फागुन १५ बोलाएको छ ।

    मुख्यमन्त्री राईले प्रदेशसभाको चालु हिउँदे अधिवेशनबाट नै प्रदेश नामकरणको प्रक्रिया अघि बढाउने घोषणा गरेका छन् ।

    यसअघिका तत्कालीन नेकपाका मुख्यमन्त्री शेरधन राई र भीमप्रसाद आचार्य नेतृत्वका सरकारले प्रदेश नामकरणको प्रक्रियासमेत अघि बढाउन सकेका थिएन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij