आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

प्रहरीकै मिलेमतोमा मधेसमा खुलेआम तस्करी !


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/3911
    फागुन १३, २०७८ शुक्रबार
    प्रहरीकै मिलेमतोमा मधेसमा खुलेआम तस्करी !

    काठमाडौं । मधेस प्रदेशमा पछिल्लो समय व्यापक तस्करी भइरहेको पाइएको छ । मधेस प्रदेशमा खुलेआम तस्करी भइरहेको भन्दै प्रधानमन्त्री कार्यालयमा रहेको ‘हेलो सरकार’मा उजुरीका चाङ छन् । प्रहरी निकायकै मिलोमतोमा मधेस प्रदेशमा तस्करी भइरहेको किटानी गर्दै हेलो सरकारमा उजुरी दिइएको छ ।

    प्रधानमन्त्री कार्यालय मातहत रहेको ‘हेलो सरकार’ १ महिनाभित्रमा दर्जनभन्दा बढी उजुरी परेका छन्, जसमा तस्करी हुने नाका र तस्करका नाम नै किटान गरिएको छ ।

    ‘हेलो सरकार’मा परेका ती उजुरीमा लेखिएको छ– ‘वीरगंजको मुख्य नाका इनर्वादेखि लिएर पर्साका ग्रामिण भेगमा रहेका नाकाहरू भिस्वा, अमरपट्टि, प्रसौनी भाठ्ठा, खेस्राहाबाट तस्करी भइरहेको छ । यो सबै प्रदेश प्रहरी, जिल्ला प्रहरी र स्थानीय प्रहरीको मिलोमतोमा भइरहेको छ । यसमाथि छानबिन होस् ।’

    बारामा भइरहेको तस्करीबारे पनि ‘हेलो सरकार’मा उजुरी छ । उजुरीमा भनिएको छ– ‘पछिल्लो समय बारा जिल्लाबाट व्यापक रूपमा तस्करी भइरहेको छ । यहाँका मटिअर्वा, जोतपुर, बसतपुर, तिलकुवा, कचोरवा, गोलागंज, खजानी, पथलवाघाट, सिम्रौनगढ र क्वहीगोठबाट बढी तस्करी भइरहेको छ ।’

    हेलो सरकारमा परेका उजुरीहरूमध्ये पर्सा र बाराका यी नाकाहरू उदाहरण मात्र हुन् । यी २ जिल्लाबाहेक अन्य जिल्लाको अवस्था पनि उस्तै छ ।

    स्रोतका अनुसार मधेस प्रदेशका ८ वटै जिल्लामा भारतबाट खुलेआम तस्करी भइरहेको छ । फरक यति छ कि कहीँ कम छ भने कहीँ बढी । यो समाचार द नेपाल टप दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij