आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

नेपाल सरकारका सचिवले नै लगाए गैरकानुनी रूपमा श्रीमती र छोरालाई जागिर


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/4159
    चैत १७, २०७८ बिहीबार
    नेपाल सरकारका सचिवले नै लगाए गैरकानुनी रूपमा श्रीमती र छोरालाई जागिर

    काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तत्कालीन प्रशासनतर्फका सचिव यम भुसालले श्रीमती र छोरालाई गैरकानुनी रूपमा जागिर खुवाएको खुलेको छ । श्रीमती टीका भुर्तेल र छोरा प्रदीप भुसाललाई मुख्यमन्त्री स्वच्छता’ कार्यक्रमअन्तर्गत जागिर खुवाएका छन् ।

    भुसालले छोरा प्रदीपलाई सहायक समन्वयकर्ता पाँचौं तहमा करारमा जागिर लगाएका थिए । करारमा नायब सुब्बा तहको जागिर खुवाउन उनी आफैंले टिप्पणी उठाएको पाइएको छ ।   

    प्रदीपले २०७७ साउनदेखि २०७८ पुस मसान्तको तलब र महँगी भत्ता लिएको मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत दिनेश पण्डितले पुष्टि गरे ।

    प्रदीपले मासिक ३० हजार २०० रुपैयाँ तलब र २ हजार महँगी भत्ता बुझ्ने गरेका छन् । ‘म मुख्यमन्त्री कार्यालयमा आएको ६ महिना भयो । यो वर्षको पनि साउन महिनादेखि तलब भत्ता उनले बुझ्नु भएको छ ।

    सचिव भुसाल सर गत पुस २८ गते सरुवा भएर गएपछि उहाँको छोराले पुससम्म मात्र तलब भत्ता खानु भएको छ, त्यसपछि तलब भत्ता लिनुभएको छैन,’ लेखा अधिकृत पण्डितले भने ।

    त्यस्तै भुसालले श्रीमती टीका भुर्तेललाई पनि दैनिक ज्यालादारीमा सुपरभाइजर पदमा काम लगाउँदै आएका थिए । मासिक १८ हजार रुपैयाँका दरले टीकाले रकम बुझ्ने गरेकी थिइन् ।

    उनले पनि २०७८ पुससम्मको तलब लिएकी छन् । स्रोतका अनुसार भुसालले मुख्यमन्त्री र त्यति बेलाका प्रमुख सचिवलाई विश्वासमा लिएर जागिर लगाएका हुन् । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij