विराटनगर । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आलेले अघिल्लो सरकारले नेपालका मठमन्दिर,पशुपतिनाथ धर्मशालादेखि नारायणहिटी राजदरबारसम्म कौडीका भाउमा बेचेको आरोप लगाए ।
उनले आफू वर्तमान सरकारको मन्त्री भइसकेपछि अघिल्ला सरकारले कौडीका भाउमा विक्री गरेका सबै सम्पत्ति फिर्ता ल्याएको बखान गरे ।
मोरङ व्यापार सङ्घका आयोजनामा शुक्रबारदेखि सुरु भएको ९ दिने ‘रमपम ट्रेड एक्स्पो–२०७८’को उद्घाटन समारोहमा मन्त्री आलेले आफूले जे बोल्ने त्यही गर्ने उल्लेख गर्दै बोलीमा एक इन्च फरक नहुने दाबी गरेका हुन् ।
‘हामी संसदका लेखा समितिमा हुँदा पनि वाइड बडी प्रकरणमा भ्रष्टाचार ठहर गरेर त्यसको फाइल अख्तियारमा पठाउन सक्षम भयौँ’, आलेले सुनाए, ‘अहिले त्यही सम्बन्धमा अख्तियारले ४ अर्ब ३५ करोडको मुद्दा चलाइरहेको छ ।
उनले विराटनगर विमानस्थलको टर्मिनल भवन बनाउने कुरामा आफू सहमत भएको तर अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता नगरेको हुँदा काम अड्किएको जानकारी दिए ।