शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

कांग्रेस संस्थापनइतर पक्षका नेता डा. शेखर कोइराला गठबन्धनको विपक्षमा


  • 1.8K
    SHARES
  • https://indrenipost.com/posts/4259
    चैत २४, २०७८ बिहीबार
    कांग्रेस संस्थापनइतर पक्षका नेता डा. शेखर कोइराला गठबन्धनको विपक्षमा

    काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसबाट संस्थागत रूपमा सत्तारुढ दलहरूबीच चुनावी तालमेल हुने निर्णय भए पनि विगतदेखि नै तालमेलको विपक्षमा रहेका नेता डा. शेखर कोइराला अझै पनि तालमेलको विपक्षमा देखिएका छन् ।

    कांग्रेसको निर्णय पर्खिएर बसेका माओवादी, नेकपा एसलगायतका अन्य दलले उसको निर्णयपछि विभिन्न जिल्लामा धमाधम चुनावी तालमेल गर्ने निर्णय सार्वजनिक भइरहँदा कोइरालाले भने तालमेलविरुद्ध खबरदारी गरेका हुन् ।

    बुधबार बिहान विराटनगर विमानस्थलमा सञ्‍चारकर्मीसँग कुरा गर्दै कोइरालाले तालमेलभित्रको आवश्यकता र औचित्य र स्थानीय तहलाई नै उम्मेदवार छनोट गर्न दिनुपर्ने अडान राखे । केन्द्रीय समितिमा आफूहरू बहुमत सदस्यबाट पेलिएको समेत उहाँले गुनासो गरे ।

    उनले आउँदो चुनावमा अन्य दलसँग गठबन्धन भए अप्ठेरो हुने बताए । कोइरालाले केन्द्रीय समितिको बैठकले ‘तालमेल गर्न सकिनेछ’ भन्‍ने मात्रै निर्णय गरेकाले आवश्यकता र औचित्यका आधारमा जिल्ला र क्षेत्रलाई त्यसको अधिकार दिनुपर्ने बताए ।

    ‘हामीले गठबन्धन गर्नु हुँदैन नेपाली कांग्रेस एक्लै लड्नुपर्छ भनेर भन्यौं, हामी त प्रतिशतको हिसाबले धेरै कम छौं केन्द्रीय समितिमा’, कोइरालाले भने– ‘गठबन्धन नै गरेपछि तालमेल गर्ने भनेको छ, कन्फ्युजन नहुनुहोस्, आवश्यकता र औचित्यताको आधारमा तालमेल गर्ने भनेको छ, नेपाली कांग्रेसका कार्यकर्ताहरूले फेरि विरोध गरे भने त अप्ठेरो हुन्छ नि त, त्यसले सत्ता गठबन्धनलाई पनि त अप्ठेरो पार्छ ।’ यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij