आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

भागबन्डा नमिलेपछि जसपा गठबन्धनबाट बाहिरियो


  • 13.5K
    SHARES
  • https://indrenipost.com/posts/4274
    चैत २७, २०७८ आइतबार
    भागबन्डा नमिलेपछि जसपा गठबन्धनबाट बाहिरियो

    काठमाडौं । सुदूरपश्चिममा जनता समाजवादी पार्टी ९जसपा० ले गठबन्धनबाट बाहिरिएको छ ।

    केन्द्रमा गठबन्धका दलहरुबीच भएको सहमति विपरित नेपाली कांग्रेसलाई मात्रै सरकारमा सहभागी गराएर आफ्नो अपमान गरेको भन्दै जसपा गठबन्धनबाट बाहिरिएको हो ।

    शनिबार धनगढीमा एक पत्रकार सम्मेलनमार्फत जसपाले गठबन्धन तोडेको घोषणा गरेको हो । केन्द्रबाट पाँच दलीय गठबन्धन प्रदेश तथा स्थानीय स्तरमा पनि विस्तार गर्दै अगाडि बढ्ने निर्देशन दिएको थियो ।

    तर, जसपालाई आउट गर्दै अन्य सहयात्री दल अगाडि बढेपछि गठबन्धनबाट बाहिरिएको जसपा सुदूरपश्चिमका अध्यक्ष कृष्णकुमार चौधरीले बताए ।

    चौधरीले सुदूरपश्चिममा कुनै गठबन्धन नहुने बताए ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले कुनै जानकारी नै नदिई कांग्रेसलाई सरकारमा सहभागी गराउँदा जसपाले अपमान भएको महसुस गरेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    सुदूरपश्चिममा जसपाका २ जना सांसद छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij