सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

संयुक्त अपिलको तयारी : स्थानीय तह निर्वाचनका लागि चुनावी तालमेलको कसरतमा सत्ता गठबन्धन


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/4286
    चैत २८, २०७८ सोमबार
    संयुक्त अपिलको तयारी : स्थानीय तह निर्वाचनका लागि चुनावी तालमेलको कसरतमा सत्ता गठबन्धन

    काठमाडौं । सत्तारुढ पाँच राजनीतिक दलले चैत ३० गतेभित्र सहकार्यको भावना अनुसार तालमेलको टुंगो लगाउन प्रदेश र जिल्ला समितिहरूलाई निर्देशन दिएका छन् ।

    कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन भएको स्थानीय निर्वाचन परिचालन तथा अनुगमन समितिको आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रदेशहरूलाई स्थानीय आवश्यकता र गठबन्धनको भावनाअनुसार तालमेलको टुंगो लगाउन निर्देशन दिएको हो ।

    बैठकपछि समितिले प्रदेश र जिल्लाले २०७८ चैत मसान्ताभित्र पाँच दलीय बैठक राखी सहमति कायम गरी केन्द्रमा पठाउन भनेको छ ।

    केन्द्रमा रहेको पाँचदलीय गठबन्धनको मर्म, भावनाअनुसार नै वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेलको निर्णय लिन पनि प्रदेश समितिलाई आग्रह गर्ने निर्णय भएको छ ।

    सोमबार बिहान ९ बजे बस्ने पाँच राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेका राजनीतिक दलहरूबीच चुनावी तालमेल गरेर जानेसहितका विषयमा आमजनतालाई अपिल गर्ने तयारी छ ।

    बिहानको बैठकपछि नै उनीहरूले संयुक्त अपिल जारी गर्ने सम्भावना बढी रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । यो समाचार नागरिक दैनिकमा छ । 

  • सम्बन्धित विषय:

  • # संयुक्त गठबन्धन सरकार
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij