आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

गठबन्धनप्रति ओलीको आधारहीन आरोप, गठबन्धनलाई बालुवाको लड्डुको संज्ञा


  • 1.6K
    SHARES
  • https://indrenipost.com/posts/4292
    चैत २९, २०७८ मंगलबार
    गठबन्धनप्रति ओलीको आधारहीन आरोप, गठबन्धनलाई बालुवाको लड्डुको संज्ञा

    काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा देशैभरि चुनावी गठबन्धन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफूहरूलाई केही फरक नपर्ने जनाएको छ ।

    सोमबार सत्तारूढ पाँच दलीय गठबन्धनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा देशैभरि चुनावी गठबन्धन हुने र एकले अर्कालाई सहयोग गर्ने औपचारिक घोषणा गरेका छन् । सो घोषणासँगै एमालेले पाँच दलीय गठबन्धनलाई ‘बालुवाको लड्डु’को संज्ञा दिँदै आफूहरूलाई केही फरक नपर्ने टिप्प

    ‘यो पाँच दलीय गठबन्धनसँग हामीलाई कुनै फरक पर्दैन । देशैभरिबाट एमालेमा प्रवेश गर्नेको लहर चलेको छ । यस्ता गठबन्धन एमालेका आगाडि टिक्नै सक्दैन । 

    आगामी स्थानीय तहको निर्वाचनका लागि सत्तारूढ दल एकातर्फ छन् भने अर्कोतर्फ एमाले छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चाले चुनावी गठबन्धन गरेका छन् ।

    एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पाँच दलीय गठबन्धन गर्ने भनिए पनि उनीहरूकै बीचमा मतभेद रहेको बताइन् । एमाले एकढिक्का रूपमा अगाडि बढेको बताउँदै उपाध्यक्ष शाक्यले एमालेको अगाडि पाँच दलीय गठबन्धनको केही नलाग्ने भनाइ राखिन् ।

    शीर्ष नेताबीच गठबन्धन गर्ने सहमति मात्रै गरेर नहुने बताउँदै व्यवहारमा लागू गर्न कठिन रहेको उनले बताइन् । देशैभरि एमालेमा प्रवेश गर्नेको लहर चलेको बेला कुनै पनि गठबन्धन एमालेको अगाडि नटिक्ने उनको भनाइ छ ।

    यसैबीच चुनावी कार्यक्रममा सोमबार बझाङ पुगेका एमाले अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई ‘लुटमण्डली’को संज्ञा दिएका छन् ।

    आगामी निर्वाचन व्यवस्थित होस् भनेर आफूहरूले सहेर बसेको बताउँदै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले मुलुकमा लुट मचाएको आरोप लगाए ।

    उनले आगामी निर्वाचनमा देश बिगार्ने एकातिर र देश बनाउने एकातिर हुने बताए । उनले अहिलेको गठबन्धनलाई पाँच भाइको खन्चुवा गठबन्धन भएको संज्ञासमेत दिएका छन् ।

    अध्यक्ष ओलीले सेती नदीमा आएको बाढीले बझाङ र बैतडीमा अथाह क्षति गर्दा पनि वर्तमान सरकारले कुनै काम नगरेको आरोप लगाए । यो समाचार राजधानी दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij