आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

प्रतिगामीले चुनाव सर्ने शंका गर्दैमा चुनाव सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रचण्ड 


  • 2.3K
    SHARES
  • https://indrenipost.com/posts/4360
    बैशाख ८, २०७९ बिहीबार
    प्रतिगामीले चुनाव सर्ने शंका गर्दैमा चुनाव सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रचण्ड 

    काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा हुने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । 

    बाहिर चुनाव हुँदैन, गठबन्धन चुनाव गर्नै चाहँदैन भन्ने हल्ला चलाइए पनि आफूहरु तोकिएकै मितिमा निर्वाचन गराउन प्रतिबद्ध रहेको उनको भनाइ थियो । 

    सुदूरपश्चिम प्रदेश पुगेका अध्यक्ष प्रचण्डले पत्रकारहरूसँगको अन्तरक्रियामा भने, ‘टिकट वितरण गर्दा एउटा पार्टीभित्र त असन्तुष्टि देखिन्छ, यहाँ त गठबन्धनको कुरा छ । तर असन्तुष्टि धेरै ठूलो छैन । असन्तुष्ट रहनुभएका साथीहरूले पनि केही दिनमा कुरा बुझ्नुहुन्छ । यो शान्त र साम्य हुन्छ भन्ने आशा लिएको छु ।’

    जस्तो सुके परिस्थितिमा पनि गठबन्धन चुनाव गराउने र लोकतन्त्रलाई जोगाउने हिसाबले अगाडि बढेको उनको भनाइ थियो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij