शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

गण्डकी र लुम्बिनीका सांसदलाई एमालेले टिकट नदिने


  • 1.8K
    SHARES
  • https://indrenipost.com/posts/4378
    बैशाख ९, २०७९ शुक्रबार
    गण्डकी र लुम्बिनीका सांसदलाई एमालेले टिकट नदिने

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गण्डकी र लुम्बिनी प्रदेशका सांसदलाई टिकट नदिने भएको छ ।

    गण्डकी र लुम्बिनी प्रदेशमा सरकार परिवर्तन हुने सम्भावनालाई मध्यनजर गरी एमालले स्थानीय निर्वाचनमा ती प्रदेशका उम्मेद्वार नबनाउने निर्णय गरेको हो ।

    एमालेको बिहीबार बसेको सचिवालय बैठकको निर्णयबारे जानकारी दिँदै एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले यस्तो जानकारी दिए ।

    उपमहासचिव गुरुङले जानकारी दिएअनुसार आज शुक्रबार स्थानीय निर्वाचन २०७९ को लागि घोषणापत्र सार्वजनिक गरिँदै छ भने भोलि शनिबार ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको लागि प्रमुख र उपप्रमुखको उम्मेद्वार घोषणा गरिँदै छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij