आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

कोशी प्रदेश सरकारविरुद्ध रिटको सुनुवाइ न्यायाधीशद्वय माथेमा र श्रेष्ठको इजलासमा

  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/4519
    साउन ८, २०८० सोमबार
    कोशी प्रदेश सरकारविरुद्ध रिटको सुनुवाइ न्यायाधीशद्वय माथेमा र श्रेष्ठको इजलासमा

    काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध परेको रिटको सुनुवाइ न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेशी तोकिएको छ । 

    कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेकाले बदरको माग गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले असार २२ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

    सो रिटमा असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै आजदेखि निरन्तर सुनुवाइको मिति तोकेको थियो ।

    सर्वोच्चले मुख्यमन्त्री नियुक्ति गर्दाका सक्कलै फाइल झिकाउँदै प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।

    उक्त सुनुवाइमा विपक्षी रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गर्दै साउन ७ देखि निरन्तर बहस गर्ने आदेश गरेको थियो ।

    सर्वोच्चको आदेशअनुसार कोशी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले सर्वोच्चमा लिखित जवाफ पेश गरिसकेका छन् ।

    सभामुख बाबुराम गौतमसहितको हस्ताक्षर जोडेर नेपाली कांग्रेसका थापाको नेतृत्वमा प्रदेश सरकार गठन गरेपछि एमालेले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थियो ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij