काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रयासबारे सत्ता गठबन्धनका दलहरूबीच छलफल हुने भएको छ । छलफल आज (आइतबार) काठमाडौंमा हुने भएको हो ।
छलफलमा सहभागी हुन गठबन्धनमा आवद्ध कोशी प्रदेश संसदीय दलका नेताहरू काठमाडौं आइपुगेका छन् ।
छलफलका लागि शीर्ष नेताले आफूहरुलाई बोलाएको र बैठक अहिले केहीबेरमा शुरू हुने नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।
यसअघि हिजो बसेको बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेका थिए । तर, राप्रपाले गठबन्धनमा सहभागी हुने–नहुनेबारे निर्णय दिएको छैन ।