आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ किन ढिला भयो ? 


  • 721
    SHARES
  • https://indrenipost.com/posts/4537
    भदौ २०, २०८० बुधबार
    कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ किन ढिला भयो ? 

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । मंगलबारदेखि सुरु भएको सुनुवाइ समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो ।

    न्यायाधीशत्रय सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा मंगलबार सुनुवाइ प्रारम्भ भए पनि समयाभावका कारण पूरा हुन सकेन ।

    नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले पर्शुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

    न्यायाधीश ईश्वरप्रसाद खतिवडाले यही भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको उल्लेख गर्दै दीर्घकालीन निर्णय नगर्न प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

    कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । उक्त विश्वासको मत लिने प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन परेको थियो । 

  • सम्बन्धित विषय:

  • # कोशी प्रदेश
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij