आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

कोशी प्रदेशमा गठबन्धन भत्काउने एमालेको षड्यन्त्र निस्तेज पार्‍यौं : प्रधानमन्त्री प्रचण्ड


  • 676
    SHARES
  • https://indrenipost.com/posts/4683
    असोज २८, २०८० आइतबार
    कोशी प्रदेशमा गठबन्धन भत्काउने एमालेको षड्यन्त्र निस्तेज पार्‍यौं : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनले गरेको राम्रा कामहरू देख्न नसकेर एकथरी मान्छेहरू कोशी प्रदेशमा षड्यन्त्र गर्न लागेको बताएका छन् ।

    चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

    ‘अहिले भर्खरै कोशी प्रदेशमा जुन राजनीतिक परिदृश्य देखिएको छ, यही गठबन्धनले राम्रो गरेको देख्न नसकेर एकथरी मान्छेहरू यहाँभित्र खेल्न सकिन्छ कि भनेर, यहाँभित्र कुनै तरिकाले विभाजन ल्याउन सकिन्छ कि भनेर योजना अन्तर्गत ती कामहरू भएका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने ।

    सो षडयन्त्रलाई कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग छलफल गरेर सहमति गरिएको उनले बताए । 

    ‘हिजो कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीको हैसियतमा म आफैं र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच एउटा सहमति गरेपछि त्यो षड्यन्त्रलाई पनि निस्तेज पारिएको छ,’ उनले भने ।

    साथै, प्रधानमन्त्री प्रचण्डले अहिलेको सत्ता गठबन्धन आगामी ५ वर्षसम्म पूर्ण कार्यकाल चल्ने दाबी गरे । 

    ‘यो गठबन्धन पूर्ण कार्यकाल राष्ट्र र देशका लागि काम गर्ने प्रतिवद्धता गरेका छौं । चितवन महानगरपालिकाको पनि विकास यही दिशाबाट अघि बढ्नेछ,’ प्रधानमन्त्री प्रचण्डले भने । 

    प्रधानमन्त्री प्रचण्डले देशभित्र र बाहिर रहेका नेपालीको हितमा सरकारले काम गरिरहेको दाबी गरे ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij