आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

प्रदेश सरकार

कोशी प्रदेश- जसपा र राप्रपाबाहेक सबै दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने


  • 478
    SHARES
  • https://indrenipost.com/posts/4700
    कात्तिक १, २०८० बुधबार
    कोशी प्रदेश- जसपा र राप्रपाबाहेक सबै दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने भएका छन् । 

    आज (बुधबार) बिहान ११ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची छ । 

    कार्कीले केही दिनअघि विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक आह्वान गरेका थिए । उक्त बैठकले कात्तिक १ मा विश्वासको मत लिने निर्णय गरेको थियो । 

    सोही निर्णयअनुसार आज मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदैछन् । उनलाई जसपा र राप्रपा बाहेकका सबै दलले मत दिने भएका छन् । 

    मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका थिए । संविधानको धारा १६८ को उपधारा ५ अनुसार एमालेका ३९ र कांग्रेसका ८ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij