आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

प्रदेश सरकार

कोशी प्रदेश- मुख्यमन्त्रीद्वारा विश्वासको मत माग 


  • 820
    SHARES
  • https://indrenipost.com/posts/4705
    कात्तिक १, २०८० बुधबार
    कोशी प्रदेश- मुख्यमन्त्रीद्वारा विश्वासको मत माग 

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभाबाट दलहरूसँग विश्वासको मत माग गरेका छन् । 

    उनले गत असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त उनले विश्वासको मत लिने प्रयोजनका लागि आज (बुधबार) कोशी प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।

    आज १ बजेर ५ मिनेटमा शुरू भएको प्रदेशसभा बैठकमा आफ्नो सरकारलाई विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले आफूले सिद्धान्त र विचारमा विचलित नभई जनताका आवश्यकता र चाहना पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

    मुख्यमन्त्री कार्कीले मुलुकको सङ्घीय संरचनालाई अझ बलियो बनाई अघि बढ्न सबैले सङ्कल्प गर्नुपर्ने बताए । कोशी प्रदेशसभामा ९३ सदस्य हुनुहुन्छ र बहुमतका लागि ४७ मत चाहिन्छ । 

    गत असोज २७ मा उनलाई नेपाली काङ्ग्रेसका ८ र नेकपा एमालेका ३९ जनाको समर्थन प्राप्त भएको थियो । प्रदेशसभा बैठकमा विश्वासको प्रस्तावका विषयमा छलफल जारी भएको र केही समयपछि मतदान हुने कार्यसूची छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij