आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

प्रदेश सरकार

कोशी प्रदेश सभा : सरकार ढाल्न र बनाउन ‘रेकर्ड’, कानुन निर्माणमा ‘जिरो’


  • 910
    SHARES
  • https://indrenipost.com/posts/4716
    कात्तिक २, २०८० बिहीबार
    कोशी प्रदेश सभा : सरकार ढाल्न र बनाउन ‘रेकर्ड’, कानुन निर्माणमा ‘जिरो’

    काठमाडौं । सरकार गठन र विघटनको दाउपेचले कोशी प्रदेश सभाको कामकारबाही भद्रगोल छ । निर्वाचन भएको १० महिना बित्दा पनि प्रदेश सभाले आफ्नो नियमावलीसमेत पास गर्न सकेको छैन । 

    संसदीय समिति गठन भएका छैनन् । तर, यसबीचमा प्रदेशमा पाँचवटा सरकार गठन भइसकेका छन् । यस अवधिमा सांसदहरूले तलबभत्ता भने झन्डै १५ करोड बुझेका छन् । 

    अन्य प्रदेशको तुलनामा सरकार ढाल्ने र बनाउने खेलमा कोशी सबैभन्दा अगाडि देखियो । तर, विधायिकी काममा भने पछाडि छ । 

    ०७९ मंसिरको निर्वाचनपछि ११ पुसमा प्रदेश सभा सदस्यहरूले शपथग्रहण गरेका थिए । सभा विवादका बीच प्रदेशको नामांकन ‘कोशी’ राख्न सफल भयो । त्यसपछि भने प्रदेश सभा ‘निकम्मा’जस्तै बन्यो । 

    प्रदेश सभामा काम अघि बढाउन संसदीय अंकगणित नै बाधक छ । जसका कारण प्रदेश सभा नै निष्प्रभावी बन्न पुगेको छ ।

    प्रदेश सभा सचिवालयका अनुसार यो अवधिमा कोशीमा जम्मा तीनवटा विधेयक पारित भए । जसमा प्रचलित प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक पनि एक हो । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij