मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

व्यक्ति-अभिव्यक्ति

कोशी प्रदेश सरकारले केन्द्रको गठबन्धनलाई असर गर्दैन : डा.शेखर कोइराला


  • 631
    SHARES
  • https://indrenipost.com/posts/4870
    कात्तिक ९, २०८० बिहीबार
    कोशी प्रदेश सरकारले केन्द्रको गठबन्धनलाई असर गर्दैन : डा.शेखर कोइराला

    विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले मुलुकमा सुशासनका निम्ति भ्रष्टाचार र दण्डहीनताको समूल अन्त्य हुनुपर्ने बताएका छन् ।

    विराटनगरको सोभित भवनमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले कोशी प्रदेश सरकारका कारण केन्द्रीय गठबन्धनमा कुनै असर नपर्ने बताए । 

    उनले अहिलेको गठबन्धनको सरकार पूर्ण कार्यकालसम्म चल्ने भन्दै नेपाली कांग्रेस एकढिक्का हुनुपर्नेमा जोड दिए । 

    कोइरालाले देश कुनै पनि द्वन्द्वमा फस्न नहुने भन्दै नेपाल एसियाको गरिब देश हुनुमा राजनीतिक दल र नेता प्रमुख कारक भएको बताए ।

    केन्द्रीय सदस्य डा.कोइरालाले विकासमा कोशी प्रदेश पछाडि पर्नाका कारण पनि राजनीतिक अस्थिरता हो भन्दै राजनीतिक दलले समाजलाई जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । 

     

  • सम्बन्धित विषय:

  • # गठबन्धन
  • # डा.शेखर कोइराला
  • # नेपाली काँग्रेस
  • # विराटनगर
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij